१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुक्क भएर लगानी गर्नुहोस्: अध्यक्ष तिमिल्सिना



अ+ अ-

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गरेका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उनले आर्थिक समृद्धिका हासिल गर्न लगानी बढाउनुपर्छ भने ।

“सबै लगानी राज्यले गर्ने होइन, उद्यमीले पनि आफूसँग जे छ यसलाई बैंकमा धितो राखेर पैसा निकाल्नुपर्छ, यसलाई नै लगानी गर्नुपर्छ”, अध्यक्ष तिमिल्सिनाले भने, “ उद्यमीहरू बैंकमा धितो राखेर पैसा निकाल्न चहान्छन् भने राज्यले त्यो प्रक्रियालाई सजिलो बनाउछ, सहकार्य गर्छ ।”महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य सङ्घ अध्यक्ष केदारनाथ शर्मा महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै करिब रु डेढ करोड सङ्कलन हुने लक्ष्य रहेको जानकारी दिए । महोत्सवमा झन्डै २०० प्रदर्शनी कक्ष रहेका छन् ।