काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा समिति गठन गरिएको हो
समितिको सदस्य सचिवमा शंकर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । समितिमा सातै प्रदेशका प्रतिनिधिहरू समेटिएका छन्, जसले प्रदेशस्तरमा निर्वाचन अभियानलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ
यसैगरी, निर्वाचन व्यवस्थापनलाई थप व्यवस्थित बनाउन पार्टीले तीन वटा विशेष उपसमिति पनि गठन गरेको छ । ती उपसमितिहरूले संगठन तथा उम्मेदवार समन्वय, प्रशासनिक समन्वय र सञ्चार व्यवस्थापनको जिम्मेवारी लिनेछन्
पार्टीका अनुसार आगामी निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरी स्थिर सरकार निर्माण र देशको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यसहित समिति गठन गरिएको हो । संघीय, प्रदेश, जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा समेत छुट्टाछुट्टै समिति गठन गरी अभियान सञ्चालन गरिने जनाइएको छ ।
[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/01/रा-स्व-पा-संघिय-निर्वाचन-सम्पादन-समिति-गठन.pdf” title=”रा स्व पा संघिय निर्वाचन सम्पादन समिति गठन”]












