२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो प्राथमिकता मानसिक स्वास्थ्य र वैदेशिक रोजगारीमा गएका नागरिकको स्वास्थ्य होः मन्त्री गौतम



अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ६४ औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएर आफू अघि बढिरहेको बताउनु भयो । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य, मातृशिशु मृत्युदरका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले प्रणालीको सुधार पनि आफ्नो मुख्य प्राथमिकता रहने जिकिर गर्नुभयो । मन्त्री गौतमले बीमा कार्यक्रम, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ बनाउने आफ्ने लक्ष्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएको थिएँ । हाम्रो देशबाट वैदेशिक रोजगारामा हजाराँै जानुहुन्छ । उहाँहरुको स्वास्थ्यको बारेमा पनि फोकस गर्नैपर्छ भन्ने थियो । महिलाहरुको बारेमा महिलाले नबोले कसले बोल्छ ? चार वटा प्रदेशमा मातृशिशु मृत्युदर अति उच्च छ, ति चार प्रदेशमा एग्रेसिप रुपमा मातृशिशु मृत्युदरको कार्यक्रम लैजानुपर्छ भन्ने मेरो प्राथमिकता थियो । सिस्टमको सुधार पनि प्राथमिकताको विषय थियो । राम्रो गर्ने सन्दर्भमा जहाँ कमजोरी देखिएको थियो, बीमा कार्यक्रममा, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ गर्छु भन्ने थियो ।’

मन्त्री गौतमले जीवनको हरेक चरणमा आफूले आफूलाई प्रमाणित गर्दै लैजानुपर्ने बताउनु भयो । नर्सिङ एशोसिएशन नर्सहरुको हक हीतको लागि भएको बताउनु भयो ।