१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार हुने मुलुकहरुमा नेपाल १ सय १३ औँ स्थानमा



अ+ अ-

काठमाडौं । भ्रष्टाचार व्याप्त रहेका मुलुकमा नेपाल केही सुधार भएपनि श्रेणीबाट माथि उक्लिन सकेको छैन ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विहिबार सार्वजनिक गरेको सीपीआई २०१९ को सर्वेक्षण रिपोर्टले नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औँ स्थानमा रहेको देखाएको हो । सन् २०१८ मा नेपाल ३१ अंक सहित १ सय २४ औ स्थानमा थियो । सन् २०१९ मा ३ अंक बढी प्राप्त गरि ३४ अंक पुगेपनि सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकहरुमा २० औ स्थानमा परेको छ । १ सय ८० देश मध्ये ९ अंक प्राप्त गरि सोमालिया सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अंकित भएको छ । त्यसैगरी ८९ अंक प्राप्त गरि डेनमार्क सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा कायम रहन सफल भएको छ । भ्रष्टाचार अवधारणा सूचकांङ्कमा १ सय अंकले अति स्वच्छ र ० ले अति भ्रष्टाचार रहेको जनाउँछ ।

खासगरी नेपाली सेनामा आएको सदाचारले भ्रष्टाचारमा न्यून रुपमा नै भएपनि सुधार आएको रिपोर्टले देखाएको छ । अख्तियारको छानविनको दायराबाट बाहिर रहेर पनि उच्च ओहोदाकाले व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्ने तथा जनशक्ति भर्ना गर्ने क्रममा हुने गरेका आर्थिक अनियमितता लगायत रोकिएकाले रिपोर्टमा केही सुधार देखिएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले जनशक्ति भर्ना गर्दा हुने आर्थिक अभियमिततालाई कमि गर्न आन्तरिक रुपमा गरिएको कारवाही, भ्रष्टाचार भएको रकम असुली लगायत कार्यहरु भ्रष्टाचार नियन्त्रणको सन्र्दभमा सकारात्मक कदम भएको निष्कर्ष निकाल्न सकिने बताउनुभयो ।

स्थानीय तहमा हुने खर्चमा पारदर्शीता नदेखिएपनि सेवाग्राहीले पाएको सेवालाई आधार बनाउदा तत्काल त्यसको प्रभाव नदेखिएको उहाँले बताउनुभयो । रिपोर्ट सार्वजनिक गर्दे ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारलाई शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपात रहित बजेट र सेवामा सरोकारवालाहरुको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, निर्णय प्रक्रियामा सरोकारवालाहरुको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृति नियन्त्रण तथा राजनीति प्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ ।

सिपीआई रिपोर्टले विश्वका अधिकांश मुलुकहरुमा भ्रष्टाचार विरोधी प्रयासमा शिथिलता रहेको देखाएको छ । पैसाले राजनीतिलाई प्रभावित गरेका मुलुकहरुमा भ्रष्टाचार व्याप्त रहेको तथ्यांकले देखाएको छ ।