काठमाडौँ । नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा अदालतले यसअघिको फैसलाको फाइल पेस गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले उनको कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न आदेश दिएको हो ।
यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्नुको साथै छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । यस्तै, चौधरीलाई आममाफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट फाइल र निर्वाचन आयोगको निर्णयको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।
यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीको उम्मेदवारी खारेज गरेको थियो ।












