१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकम फिर्ता गर्दै भूकम्पपीडित



अ+ अ-

लमजुङ । जिल्लाका भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । घर बनाउन आवश्यक नभएको भन्दै भूकम्पपीडितको पाउने पहिलो किस्ताबापतको रु ५० हजार बुझेकाले धमाधम फिर्ता गर्न थालेका हुन् ।

हालसम्म निजी आवस पुनःनिर्माण लाभग्राही सूचीमा परेका जिल्लाका विभिन्न स्थानका १७ भूकम्पपीडितले रकम फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका अनुसार राइनास नगरपालिकाका चार, दुधपोखरी गाउँपालिकाका तीन, दोर्दी गाउँपालिकाका दुई र मध्यनेपाल नगरपालिकाका दुई जना रहेका छन् । जिल्लामा कूल१४ हजार ६९६ लाभग्राहीमध्ये १३ हजार ७६४ संग सम्झौता भएको र तीमध्ये छ हजार १०४ ले तेस्रो किस्ता बापतको रकम बुझिसकेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये बँेसीशहर नगरपालिकामा रहेका कूल १३ हजार आठ लाभग्राहीमध्ये एक हजार २३५ ले पहिलो किस्ता, ८६५ ले दोस्रो र ६५१ ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् । त्यस्तै मध्यनेपाल नगरपालिकाका एक हजार ५५९ लाभग्राहीमध्ये एक हजार ४४४ ले पहिलो किस्ता, ७९५ ले दोस्रो र ४६० ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् । सुन्दरबजार नगरपालिका दुई हजार ३६८ लाभग्राहीमध्ये दुई हजार १४२ ले पहिलो किस्ता, एक हजार ५७० ले दोस्रो र एक हजार ६१ ले तेस्रो किस्ता लिएका छन् । क्व्होलासोथर गाउँपालिकाका कूल ३७९ लाभग्राहीमध्ये २७१ ले पहिलो किस्ता, ९३ ले दोस्रो र ६८ ले अन्तिम किस्ता बुझेका छन् ।

राइनास नगरपालिकाका कूल तीन हजार २११ लाभग्राहीमध्ये दुई हजार ९८१ ले पहिलो किस्ता, दुई हजार २७० ले दोस्रो र एक हजार ४७० ले अन्तिम किस्ता बुझेका छन् । त्यस्तै दोर्दी गाउँपालिकाका कूल दुई हजार ३२४ लाभग्राहीमध्ये दुई हजार २५४ ले पहिलो किस्ता, एक हजार १७४ ले दोस्रो र ९०८ ले अन्तिम किस्ता बुझेका छन् । दूधपोखरी गाउँपालिकाका दुई हजार ४४७ लाभग्राहीमध्ये दुई हजार ३५६ ले पहिलो किस्ता, एक हजार ९३६ ले दोस्रो र एक हजार १३२ ले अन्तिम किस्ता बुझेका छन् ।

त्यस्तै मस्र्याङ्दी गाउँपालिकाका कूल एक हजार १०० लाभग्राहीमध्ये एक हजार ३९ ले पहिलो किस्ता, ५४० ले दोस्रो र ३५३ ले अन्तिम किस्ता बुझेको प्राधिकरणले जनाएको छ ।