१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेम पौड्यालको दोस्रो स्मृति दिवसमा डा. हेमसागर बराल सम्मानित



अ+ अ-

काठमाडौँ । वरिष्ठ चित्रकार, चराविद् तथा कवि हेम पौड्यालको दोस्रो स्मृति दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत प्राकृतिक विज्ञान संग्रहालय, स्वयम्भूको आयोजना तथा कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको सहआयोजनामा ‘त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालय हेम–गङ्गा पन्छी अनुसन्धान तथा संरक्षण सम्मान अर्पण तथा पन्छी चित्रकला हस्तान्तरण समारोह’ माघ १८ गते आइतबार सम्पन्न भएको छ।

प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख डा. ईशान गौतमको सभापतित्व, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के.के. कर्माचार्यको प्रमुख आतिथ्य तथा त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. शंकरप्रसाद खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा वरिष्ठ पन्छी तथा वन्यजन्तुविद् डा. हेमसागर बराललाई ‘त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालय हेम–गङ्गा पन्छी अनुसन्धान तथा संरक्षण सम्मान’ प्रदान गरिएको थियो। सम्मानस्वरूप सभापति डा. गौतमले माला, विशिष्ट अतिथि प्रा.डा. खनालले दोसल्ला तथा प्रमुख अतिथि के.के. कर्माचार्यले सम्मान–पत्र अर्पण गर्नुभएको थियो।

सो अवसरमा हेम पौड्यालले सिर्जना गर्नुभएको चराका २० वटा तैलीय चित्र उनकी धर्मपत्नी वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौड्यालले प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख डा. गौतमलाई हस्तान्तरण गर्नुभएको थियो। संग्रहालयको तर्फबाट गङ्गा कर्माचार्य पौड्याललाई कदर–पत्रसमेत प्रदान गरिएको थियो।

कार्यक्रम प्राकृतिक विज्ञान संग्रहालयकी उप–प्राध्यापक बिमला शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा सभापति डा. गौतम, प्रमुख अतिथि के.के. कर्माचार्य, विशिष्ट अतिथि प्रा.डा. खनाल, सम्मानित व्यक्तित्व डा. बराल, गङ्गा कर्माचार्य पौड्याल तथा वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीलगायतले हेम पौड्यालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै मन्तव्य व्यक्त गर्नुभएको थियो।

सहआयोजक कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकका प्रकाशक तथा सम्पादक निबन्ध आर्यायले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा अनिता ढकाल र रेणुका भट्टराईले कवि हेम पौड्यालका कविता वाचन गर्नुभएको थियो।

यसै अवसरमा हेम पौड्यालको परिवारका तर्फबाट गङ्गा कर्माचार्य पौड्यालद्वारा त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालयमा रु. पाँच लाखको अक्षयकोष स्थापना गरिएको जानकारी गराइएको छ। उक्त अक्षयकोषबाट भविष्यमा पन्छी अनुसन्धान तथा संरक्षण क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिने बताइएको छ।