२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपः नेपालसँग भुटान पराजित



अ+ अ-

कास्की। पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालकी सिर्जना बढुवालले खेलको ३६ औँ मिनेटमा गोल गरी घरेलु टोलीको अग्रता बनाउनुभयो । खेलको ६९ औँ मिनेटमा नेपालले प्रजिता राईको गोलमार्फत अग्रता दोब्बर बनायो ।

खेलमा दुई गोलले पछि परेको अवस्थामा भुटानले ८७ औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । भुटानकी सोनम चोडेनले गोल गर्नुभएको थियो । घरेलु टोली नेपालले भुटानलाई पराजित गरेसँगै तीन अङ्क जोड्न सफल भयो । यससँगै नेपालको फाइनल प्रवेशको सम्भावना कायम भएको छ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो । भुटानको भने दुई वटै खेलमा पराजित भएपछि फाइनल प्रवेशको ढोका बन्द भएको छ । पहिलो खेलमा भुटानलाई बङ्गलादेशले १२–० गोलले हराएको थियो ।

यसैगरी आज सम्पन्न पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले पराजित गरेको थियो । बङ्गलादेशले हालसम्म दुई खेल जित्दै छ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा नेपाललाई हराएको भारतको तीन अङ्क रहेको छ । भुटानले हालसम्म कुनै पनि अङ्क जोड्न सकेको छैन ।

लिग चरणको अन्तिम खेल माघ २१ मा भारत र भुटानका तथा नेपाल र बङ्गलादेशबीच खेल हुनेछ । माघ २४ मा अङ्क तालिकाको शीर्ष दुईमा रहने टोलीबीच प्रतियोगिताको फाइनल खेल हुनेछ । रासस




भर्खरै