१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते



अ+ अ-

झापा। झापाको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १–०१–००१ त ९७२० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई गौरादह–४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसको थियो ।

दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको उहाँले बताउनुभयो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

घाइतेहरूको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । घाइतेको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस