१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पचपन्न वर्षमा घर फर्केपछि ७० वर्षको उमेरमा नागरिकता



अ+ अ-

डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ देवलका गगनसिं खड्काले ७० वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले आज उहाँलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता प्रदान गर्नुभयो ।

विसं २०१२ माघ १५ गते जन्मिनुभएका खड्का १६ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत जानुभएको थिए । त्यसपछि उहाँ ५५ वर्षपछि फर्किनुभएको हो ।

गाउँ फर्केपछि स्थानीयवासीले बुढेसकालमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबारे जानकारी गराएपछि उहाँ नागरिकता बनाउन प्रशासन कार्यालय जानुभएको हो ।

यसैगरी स्थायी ठेगाना सोलुखुम्बु भएका एनबी तामाङले पनि आज ७४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । उहाँ करिब पाँच दशकदेखि डडेल्धुरामा बसोबास गर्दै आउनु भएको छ ।

विसं २०३५ देखि डडेल्धुरा आउनुभएका तामाङले विभिन्न कारणले हालसम्म नागरिकता बनाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओलीले जानकारी दिनुभयो । रासस