२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे पर्वतारोहणका लागि आरोहण अनुमति खुल्यो



अ+ अ-

काठमाडौँ । यस वर्षको हिउँदे पर्वतारोहणका लागि पर्यटन विभागले आरोहण अनुमति खुला गरेको छ । विभागका अनुसार अनुमति खुला भएपछि हालसम्म विभिन्न चारओटा हिमालका लागि पर्वतारोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन् । त्यसमध्ये दुई जना जर्मनी र तीन जना स्पेनी नागरिक रहेको विभागले जानकारी दिएको छ ।

सगरमाथाबाहेक नुप्त्से, आमादब्लम र रोक्पाइ हिमालका लागि विभागले अनुमति जारी गरिसकेको छ । नुप्त्सेका लागि पाँच जना, आमादब्लमका लागि १५ जना र रोक्पाइ हिमालका लागि दुई जनाले अनुमति लिएको विभागले जनाएको छ । यसरी अहिलेसम्म विभिन्न पाँचओटा टोलीका २७ जनाले अनुमति लिइसकेको विभागले जानकारी दिएको छ । अहिलेसम्म अनुमति लिनेमा सबै पुरुष छन् । कुल अनुमति लिनेमा २३ जना स्पेन, दुई जना जर्मनी र एक÷एक जना संयुक्त राज्य अमेरिका र चीनका नागरिक छन् ।

आरोहण अनुमतिबाट विभागले अहिलेसम्म १६ लाख ८२ हजार रुपियाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ । त्यसमध्ये १५ लाख १३ हजार रुपियाँ मात्रै सगरमाथा आरोहण अनुमतिबाट प्राप्त छ । हिउँले सिजनमा आरोहण अनुमतिका लागि लिइने रोयल्टी वसन्तयामको तुलनामा कम हुन्छ । गोरखापत्र दैनिकबाट