२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेटमा भारतले संयुक्तराज्य अमेरिकासामु जितका लागि १६२ रनको लक्ष प्रस्तुत गरेको छ ।

समूह ए मा रहेको भारतले मुम्बईको वान्खडे रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

एक समय बोर्डमा ७७ रन हुँदा नै छ विकेट गुमाएको भारतले ११८ रन बनाउँदा सातौं तथा १४० रनमा आठौं विकेट गुमाएको थियो ।

तर भारतका लागि कप्तान सूर्य कुमार यादवले अविजित ८४ रन बनाएर टिमका लागि सम्मानजनक स्कोर खडा गरेका थिए । उनले ४ छक्का र १० चौका प्रहार गरेका थिए ।

भारतीय आक्रामक ब्याट्सम्यानहरु इशान किसनले २०, तिलक बर्माले २५ तथा अक्षर पटेलले १४ रन बनाए । तर अन्य ब्याटरहरु दोहोरो अंकमा रन समेत नबनाई पभेलियन फर्केका थिए ।

तुलनात्मक रुपमा कसिलो बलिङ र राम्रो फिल्डिङ गरेको अमेरिकाका लागि शाड्ले भान शाल्वीकले चार तथा हरमित सिंहले दुई विकेट लिएका थिए ।




भर्खरै