२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकपः शेर मल्लको डेब्यु, सोमपाल बेन्चमा



अ+ अ-

काठमाडौं । टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग प्रतिष्पर्धा गरिरहेको छ । अहिले इंग्ल्यान्डले टस जितेर ब्याटिङ गरिरहेको छ ।

इंग्ल्यान्डविरुद्धको खेलमा पर्दै शेर मल्लले राष्ट्रिय टिममा डेब्यू गर्ने अवसर पाएका छन् । एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका २३ वर्षीय मल्लले विश्वकपमारफत राष्ट्रिय टिममा डेब्यू गर्ने मौका पाएका हुन् ।

टीममा नन्दन यादव र लोकेश बमले पनि स्थान बनाएका छन् । अनुभवी खेलाडि सोमपाल कामि र ललित राजवंशीलाई भने वेञ्चमा राखिएको छ ।

नेपालको प्लेइङ–११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने ।