८ असार २०८३, सोमबार
,
Latest
प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण पार्टीका लागि योगदान गरेको छु, पदाधिकारीमा अपेक्षा राख्न सक्छु : मनिष झा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्री शर्मा र मिलन पाण्डेबीच भेट



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग भेट गरेका छन् । 

नवनिर्वाचित महामन्त्री शर्मालाई भेटेर पाण्डेले बधाई तथा शुभकामना दिएका हुन् ।

संयोजक पाण्डे र बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्याल महामन्त्री शर्मालाई भेट्न पुगेका हुन् । 

भेटवार्तामा नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा कुराकानी भएको बताइएको छ । 

विवेकशील साझाले पुष ६ गते पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । 

विवेकशील साझाभित्र पार्टीले लिने विचारबारे अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेले फरक–फरक मत राख्दै आएका छन् ।