२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिल्सबेरी नवौं काष्ठमण्डप अन्तर ए लेभल बास्केटबल च्याम्पियन



अ+ अ-

काठमाडौं। उत्कृष्ट प्रदर्शन, अदम्य आत्मविश्वास र सशक्त टिमवर्कका साथ मिल्सबेरीले नवौं काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको प्रतिष्ठित उपाधि आफ्नो नाममा दर्ता गरेको छ।

फाइनल खेलमा मिल्सबेरीका विशेष शाक्यले ४ अंक योगदान गर्दै टिमलाई अग्रता दिलाए भने सारंश भट्टराई र संघर्ष कठायतले समान २–२ अंक जोड्दै विजयलाई सुनिश्चित गरे। प्रतिस्पर्धी टोली नामीका पामे हाङ राईले ६ अंक जोडे पनि मिल्सबेरीको सामूहिक प्रयास अघि टिक्न सकेनन्।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मिल्सबेरीका विशेष शाक्य ‘मोस्ट भेलुएबल प्लेयर (MVP)’ घोषित भए, जसले उनको प्रतिभा र नेतृत्व क्षमतालाई थप उजागर गरेको छ।

यसअघि शुक्रबार नै सम्पन्न सेमिफाइनल चरणमा मिल्सबेरीले आयोजक काष्ठमण्डपलाई रोमाञ्चक प्रतिस्पर्धामा १५–१४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यस्तै, नामीले इस्लिङटनलाई ११–५ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो।

विजेता टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक एवं प्रिन्सिपल डा. शिवा थापा, तथा संस्थापक इला पियाले एक विशेष समारोहबीच पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो।

दुईदिने प्रतियोगितामा ६ टिमले लिग–कम–नकआउट आधारमा प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जानकारी दिएका छन्।

 




भर्खरै