काठमाडौं । टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ ।
मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीको अर्धशतक बनाएका छन् । उनले ४४ बलमा ५० रन बनाएका हुन् ।
दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ मा सुबास खकुरेलले हङकङ विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।











