२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कप फुटबल माघको पहिलो हप्ता



अ+ अ-

पोखरा । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो ।

लिग कम नक आउटका आधारमा सञ्चालनमा हुने प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब (श्याङ्ज), भिमाद युथ क्लब(तनहुँ) त्रिवेणी युवा क्लब (लमजुङ), बौद्ध हिमाल क्लब (गोरखा) आर्दश क्लब (कास्की) गैँडाकोट खेलकूद (नवलपुर), डाँफे युवा क्लब (मनाङ) सहित बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका टोलीको सहभागिता रहने छन् ।

उहाँका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्ने छन् । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु पाँच÷पाँच हजार पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ । कूल रु एक करोड एक लाख चर्ख हुने अनुमान गरिएको प्रतियोगितामा गण्डकी प्रदेश सरकारले रु ४० लाख नगद सहयोग गर्ने जनाएको छ ।