२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलिय बेमेलको बन्धक संसदलाई बनाउनु हुन् : गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले सत्तारुढ नेकपाभित्र कुरा नमिल्दा प्रतिनिधिसभालाई बन्धक बनाइएको आरोप लगाएका छन् ।

आईतवार प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएपछि थापाले सामाजिक सञ्जाल ट्वीटरमा दलीय बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय भएको उल्लेख गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नियमानुसार सदनको प्रक्रिया अगाडी बढाउन आग्रह गरेका छन्।

‘नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय छ। यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रवन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ,’ थापाले ट्वीटरमा भनेका छन्, ‘उपसभामुखज्यू,संसद कुनै दलको छाया होइन,तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रकृया अगाडी बढाइयोस्।’