काठमाडौं । नेपाल प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ गरेको छ ।
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिनुभयो ।
निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा हिजो मात्र अभियन्ता दुर्गा प्रसाई पक्राउ परेका थिए ।












