२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्बालाई कमलको ढाडस-चिन्ता नगर साम्बा, सिङ्गो देश तपाईंको साथमा छ



अ+ अ-

काठमाडौं । राप्रपा नेता तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले चर्चित महिला फुटबलर सावित्रा भण्डारीको स्वास्थोपचारको जिम्मेवारी लिन सरकारको ध्यानाकर्षण गराएका छन् । साम्बाको उपचारमा आफूहरुको तर्फबाट पनि यथासम्भब सहयोग गर्ने प्रतिवद्धता उनको छ ।

साम्बाले आफ्नो उपचारका लागि सार्वजनिकरुपमा आर्थिक सहयोगको आह्वान गरेपछी थापाको यस्तो भनाई आएको हो ।

” चिन्ता नगर साम्बा, सिङ्गो देश तपाईको साथमा छ” भन्दै थापाले सामाजिक सन्जालमा लेखेका छन् “नेपाल र दक्षिण एसियाली महिला फुटबल जगतको सर्वाधिक लोकप्रिय र प्रतिभाशाली खेलाडी साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले वहन गरोस् भनि प्रधानमन्त्रीको ध्यान आकर्षण गर्दछु।

चिन्ता नगर साम्बा,सिङ्गो देश तपाईंको साथमा छ। हामी पनि आफ्नो तर्फबाट यथासम्भव सहयोग गर्नेछौँ।”