२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कप फुटबलको चौंथो चरणमा आर्सनल



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणमा सोमबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै चौंथो चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा रेइस नेल्सनले आर्सनललाई जित दिलाउनका लागि निर्णायक गोल गरेका थिए ।पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा नेल्सनले निर्णायक गोल गरेका थिए । उनको यो एफए कपमा पहिलो गोल हो ।

प्रिमियर लिगमा क्रिस्टलसँगको खेलअघि आर्सनल एफएफ कपको चौंथो चरणमा पुगेको हो । लिगमा आर्सनलले शनिबार क्रिस्टलको सामना गर्दैछ । अब आर्सनलले चौंथो चरणमा बर्नेमाउथको सामना गर्नेछ ।