२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेष्टर युनाईटेडमाथी आर्सनलको शानदार जित



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित हात पारेको छ । बुधबार राति भएको खेलमा लण्डन क्लब आर्सनलले म्यान्चेष्टर युनाईटेड क्लबलाई २–० गोल अन्तरले हराउँदै जित निकालेको हो ।आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरेका थिए ।खेलको आठौं मिनेटमा निकोलासले लण्डन क्लबलाई अग्रता दिलाएका थिए । चालू सिजनमा उनको यो पाँचौ गोल हो ।

४२ औं मिनेटमा पापस्तथोपोलोसले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाएका थिए ।आले गुनर सोल्सायरले पछिल्लो नौ खेलमा मात्र एक खेलमा हार ब्यहोरेका छन् । युनाईटेडले दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गरेको थियो । तर उसले लण्डन क्लबको डिफेन्स लाइन तोड्न भने सकेन ।

लण्डन क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारीमा आएका मिकेल अर्टेटाले पहिलो जित निकालेका छन् । जितसंगै आसएनल २१ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । युनाईटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।