२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडको सहज जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । बिहिबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई ४–१ गोलको फराकिलो अन्तरले युनाइटेडले पराजित गरेको हो । खेलको १७ औं मिनेटमा माथ्यु लङस्टाफले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । तर, एन्थोनी मार्सियलले २४ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए ।

३६ औं मिनेटमा मासोन ग्रीनउडले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । मार्कोस राष्फोर्डले ४१ औं मिनेटमा गोल गर्दा युनाइटेडको अग्रता ३–१ को बन्यो । त्यसपछि खेलको ८१ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ४१ को जित दिलाए ।

जितसँगै युनाइटेडले १९ खेलमा २८ अंक जोडेको छ । युनाइटेड लिगको सातौं स्थानमा रहेको छ । २५ अंक जोडेको न्युकासल दशौँ स्थानमा रहेको छ ।