२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै धनी क्लबमा बार्सिलोना



अ+ अ-

विश्वकै सर्वाधिक धनी क्लब स्पेनिस क्लब बार्सिलोना बनेको छ । अष्ट्रेलियाको स्पोर्ट्स मेनेजमेन्ट कम्पनी ‘ग्लोबल स्पोर्ट्स’ ले सार्वजनिक गरेको एक तथ्यांक अनुसार बार्सिलोना विश्वकै धनी क्लब बनेको हो । ग्लोबल स्पोर्ट्सको तथ्यांक अनुसार बार्सिलोनाको खेलाडीको औषत तलब १ सय ४७ करोड रुपैयाँ रहेको छ । गत वर्ष बार्सिलोनाका खेलाडीको औषत तलब १ सय ५६ करोड नेपाली रुपैयाँ थियो ।

यसको आँकडा यस वर्ष ९ करोड रुपैयाँ कम भएको छ । तर, बार्सिलोना पहिलो स्थानमा छ । दोस्रो स्थानमा भने स्पेनकै रियल मड्रिड रहेको छ । रियलको खेलाडीको वार्षिक तलब १ सय ३२ करोड रुपैयाँ रहेको छ । तेस्रो स्थानमा इटालियन क्लब युभेन्ट्स रहेको छ । युभेन्ट्सको खेलाडीका तलब १ सय २० करोड रुपैयाँ रहेको छ ।

क्रिस्टियानो रोनाल्डो युभेन्ट्समा अनुबन्धन भएपछि क्लब दुई वर्षमै धनी क्लबमा आएको हो ।बास्केटबल क्लब पोर्टल्याण्ड ट्रेल ब्लेजर चौथो स्थानमा छ । क्लबका खेलाडीको औषत तलब १ सय १८ करोड रुपैयाँ छ ।