२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भान्सा कोठामा मृत भेटिइन् भारतीय चर्चित सेफ



अ+ अ-

काठमाडौं । भारतकी सेलिब्रिटी तथा टेलिभिजन प्रस्तोता सेफ जगी जोन मृत भेटिएकी छिन्। गत सोमबार साझ केरलास्थित तिरुवनंतपुरमको आफ्नै फ्ल्याटमा मृत भेटिएकी हुन्।

प्रहरीका अनुसार जोनको शव भान्सा कोठामा फेला परेको हो। प्रारम्भिक अनुसन्धानका अनुसार उनकी आमा ग्रेसी छोरीको मृत्यु हुँदा घरमै रहेको भारतीय एजेन्सी एएनआइले जनाएको छ।

आमाका अनुसार उनकी छोरी जोन भान्साका खाना पकाउँदै थिइन्। उनको मृत्युबारे भने छिमेकीले पत्ता लगाएका थिए।

छिमेकीले जोनलाई फोन गर्दा नउठाएपछि खोज्न आएका थिए। पछि उनको मृत्यु भइसकेको थियो।

४५ वर्षीया टिभी प्रस्तोता तथा सेलिब्रिटीले खाना पकाउने कार्यक्रम ुजगीज कुकबुकु बाट नाम कमाएकी थिइन्।

उनको शवलाई पोष्टमार्टमका लागि मंगलबार पठाइएको एएनआइले जनाएको छ।