काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको छ ।
केहीबेर अघिदेखि प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको छ । स्वयंसेवकहरूले प्रतिनिधि कार्डको आधारमा प्रवेश अनुमति दिइरहेका छन् । देशभरबाट छानिएर आएका १ हजार ६ सयभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरु बन्दसत्रमा सहभागी भएका छन् ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस गरिने माओवादीले जनाएको छ । बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।












