२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘घुम्न जाऔँ मायालु’ भन्दै गीता र नवीनले ल्याए नयाँ गीत



अ+ अ-

काठमाडौँ । गीतकार तथा गायिका गीता भट्टराई र चर्चित गायक नवीन पौडेलले स्वर रहेको गीत ‘घुम्न जाऔँ मायालु’ बजारमा आएको छ ।

मनोरञ्जनात्मक शैलीमा तयार गीतमा भट्टराईको शब्द र सरोज विरही कार्कीको सङ्गीत छ ।

गीतमा मुलुक भित्रका विभिन्न पर्यटकीय स्थलहरू साराङकोट, नगरकोट र सिन्धुलीकोलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोमा जुना कार्की र सागर थापाको अभिनय छ ।

गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ।