काठमाडौं । नेपालको इतिहास, कला र संस्कृतिको जिउँदो संग्रहालय मानिने भक्तपुर आज पनि आफ्ना पुराना दरबार, मठमन्दिर, इँटा र काठका कलात्मक घरहरूले चिनिन्छ। भक्तपुर केवल एउटा सहर होइन, यो एउटा जीवित सम्पदा हो जहाँ हरेक गल्ली, चोक र धरोहरले विगतका कथाहरू सुनाउँछन्।
तर, यही सांस्कृतिक सौन्दर्यको बीचमा पछिल्ला वर्षहरूमा एउटा फरक दृश्य पनि थपिएको छ—ईँटाभट्टाका अग्ला चिम्नीहरू र तिनबाट निस्कने बाक्लो धुवाँ। बिहानको सुनौलो घामसँगै उठ्ने धुवाँले अब भक्तपुरको आकाशलाई ढाक्न थालेको छ।
भक्तपुर वरपर सञ्चालनमा रहेका ईँटाभट्टाहरू निर्माण उद्योगका लागि आवश्यक सामग्री उत्पादन गर्छन्। ती उद्योगहरूले रोजगारी सिर्जना गरेका छन्, स्थानीय अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाएका छन्। तर, यसको मूल्य भने वातावरण र सम्पदाले चुकाएको छ । काठमाडौँ उपत्यकामा १०० जति इँटाभट्टा छन् ती मध्ये धेरै भक्तपुरमा रहेका छन् ।
फोटो: मिथुन कुँवर


















