२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो



अ+ अ-

काठमाडाैँ । यो साता कारोबारको दाेस्राे दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ ।

आज नेप्से परिसूचक पाँच दशमलव ०१ अङ्कले बढेर दुई हजार ९३६ दशमलव ५६ को विन्दुमा कायम भएको हो । आज ३४२ कम्पनीको तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर एक लाख ५६ हजार ३८१ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २७, विकास बैङ्क शून्य दशमलव ५०, होटल तथा पर्यटन शून्य दशमलव ८६, जीवन बिमा शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ५९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । वित्त शून्य दशमलव २०, जलविद्युत् शून्य दशमलव ९६, लगानी शून्य दशमलव ७२, उत्पादन तथा प्रशोधन एक दशमलव ५३, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ८८ र अन्य समूह शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

आज सलपा विकास बैङ्क लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज फस्ट म्युचुअल फन्डको शेयर मूल्य तीन दशमलव ७१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज कुमारी बैङ्क लिमिटेडको सबैभन्दा धेरै रु ६७ करोड २३ लाख ७८ हजार १५६ बराबरको २७ लाख ६८ हजार १०९ कित्ता शेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।