१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा ‘अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ’ प्रतियोगिता



अ+ अ-

डोटी। नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा यहाँको बोगटान फुड्सिल गाउँपालिकाको आयोजना तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, मोहन्याल गाउँपालिका कैलाली, ठाकुर बाबा नगरपालिका बर्दिया, चौकुने गाउँपालिका सुर्खेतलगायतको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।

आइतबारदेखि सुरु भएको प्रतियोगिता यही चैत १९ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आजदेखि डोटीको दिपायलस्थित सेती नदीबाट जलयात्रा सुरु भई अप्रिल १ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक देवराज जोशीले जानकारी दिनुभयो । प्रतियोगितामा सबैभन्दा लामो माछा समाउनेलाई नगद रु २५ हजार र शिल्ड पुरस्कारको व्यवस्था रहेको उहाँले बताउनुभएको छ ।

प्रतियोगितामा नेदरल्यान्ड, बेलायत, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड, भारत र नेपालका गरी २५ जनाको सहभागिता रहेको छ । संयोजक जोशीका अनुसार प्रतियोगीलाई चारवटा समूहमा विभाजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले प्रतियोगिताले यहाँको जल पर्यटन सम्भावनाको उजागर गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी हिउँदको समयमा र्‍याफ्टिङ गरेर साहसिक अनुभूति लिन पर्यापर्यटनका क्रियाकलाप हुन्छन्, यसले स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ । यसलाई संस्थागत रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्नेछ ।”

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले यहाँको सम्भावनालाई उजागर गरी नागरिकलाई लाभ मिलोस् भन्ने उद्देश्यसहित नेपालमै पहिलोपटक यस प्रकारको प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो प्रतियोगिताले नेपालको जल पर्यटनमा थप टेवा पुर्‍याउने छ भने त्यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । यस प्रतियोगितामा सहभागी भएकाहरूले यहाँका सकारात्मक पक्षलाई आफ्नो देशमा प्रचार गर्नेछन् ।”  रासस