२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाकाे आँधिखोलामा अवैध उत्खनन, दुई ट्र्याक्टर नियन्त्रणमा



अ+ अ-

काठमाडाैँ । स्याङ्जाकाे आँधिखोलाबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरी ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

मिति २०८२ चैत १० गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा नदिजन्य पदार्थ बोकेर ओसार–पसार गरिरहेका ट्र्याक्टरहरू फेला पारेको हो।

प्रहरीका अनुसार ग १ त ४९८८ नम्बरको ट्र्याक्टर पुतलीबजार नगरपालिका–३ बाडखोला स्थित सिद्धार्थ राजमार्गबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ। यस्तै, ग १ त ७४२० नम्बरको अर्को ट्र्याक्टर भिरकोट नगरपालिका–१ दार्सिङ स्थित सिद्धार्थ राजमार्गबाट प्रहरी चौकी दहथुमले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका दुवै ट्र्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि अनुगमनलाई अझ कडाइ गरिने प्रहरीको भनाइ छ।