२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद क्षितिज थेवेलले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणमा आफ्नो पार्टीले संसद्मा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद थेवेलले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई शुभकामना दिँदै, जनताको ठूलो विश्वास राष्ट्र निर्माण र मुलुकको समृद्धिमा प्रयोग हुनुपर्ने सुझाव दिएका हुन्।

उहाँले जेन–जी आन्दोलनको छानबिन आयोगको प्रतिवेदनबारे भने, “सरकारले प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरेपछि आफ्नो धारणा सार्वजनिक गर्नेछौं। अहिलेको प्राथमिकताले बन्ने सरकारलाई शुभकामना दिन चाहन्छु। जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको दुई तिहाइको जनादेश राष्ट्र निर्माणमा सदुपयोग होस्,” ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले बिहीवार दिउँसो २ बजे पद तथा गोपनियताको शपथ लिएका छन् ।