१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले रोकियो परीक्षा



अ+ अ-

दार्चुला । दार्चुलामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिका भित्रका विद्यालयमा सञ्चालन भएको अद्र्धवार्षिक परीक्षा रोकिएको छ । शुक्रबार र शनिबार आएको हिमपातका कारण आइतबारदेखि शुरु भएको परीक्षा रोकिएको हो ।

गाउँपालिकाभरीका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । गाउँपालिकाभरी एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताउनुभयो ।

सो गाउँपालिका–२ को सिद्धनाथ आधारभूत विद्यालय दैभात, वडा नम्बर ३ को हिमालय आधारभूत विद्यालय पाथा, महादेव आधारभूत विद्यालय काटै, आधारभूत विद्यालय घाजिरलगायतका विद्यालयको परीक्षा रोकिएको छ । रोकिएका विद्यालयहरुमा हिउँ कम भएपछि परीक्षा सञ्चालन गर्ने तयारी छ ।

सिद्धनाथ आधारभूत विद्यालय दैभातका प्रधानाध्यापक भरतसिह धामीका अनुसार घरबाट बाहिर निस्कनै नसक्ने गरी हिउँ परेपछि परीक्षा रोकिएको जानकारी दिनुभयो । गाई वस्तुलाई पानी खुवाउन तथा चराउन समस्या भएको छ । चिसोले वृद्धवृद्धा र केटाकेटीलाई झनै समस्या भएको अपि हिमाल गाउँपालिकाका नायब सुब्बा लक्ष्मणसिंह धामीले बताउनुभयो । आगो तापेर बस्नुबाहेकको विकल्प नभएको धामीको भनाइ छ ।

यस्तै दुहु गाउँपालिकाका पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन् ।

यस्तै शुक्रबार र शनिबार परेको हिमपातका कारण दार्चुलाको सञ्चार झण्डै ५० घण्टा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको मोवाइल सेवा अवरुद्ध भएको थियो । जिल्लाको मुख्य रिपिटर टावर मै विद्युत् सेवा नहुँदा वर्षा र हिमपात हुने वित्तिकै जिल्लाको सञ्चार अवरुद्ध हुने गरेको छ ।

जिल्लाभरी दर्जनबढी नेपाल टेलिकमका टावरहरु सञ्चालनमा छन्, तर मुख्य रिपिटर टावरमै अवरुद्ध भएपछि सदरमुकाम खलङ्गा बेलाबेलामा सञ्चारविहीन हुने गरेको छ । मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरीको सञ्चार अवरुद्ध रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो । टावर सौर्य प्रणालीमार्फत चल्दै आएको छ । हिउँले पूरै सोलार सिस्टम ढाक्ने बित्तिकै जिल्लामा सञ्चार अवरुद्ध हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत पुर्याएपछि ट्रान्सफर्मर नहुँदा सुचारु हुन सकेको छैन । ट्रान्सर्फमर ढुवानीका लागि बजेट व्यवस्थापन हुन नसक्दा समस्या भएको टेलिकम प्रमुख गुरुङले जानकारी दिनुभयो । “अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ”, गुरुङ भन्नुहुन्छ ।

नेपाल टेलिकमको कार्यालय रहेको सदरमुकाम खलङ्गामा विद्युतीकरणसहितको टेलिकम टावर छ । मुख्य रिपिटर टावरमा विद्युतीकरण नभएपछि खलङ्गामा रहेको टेलिकमको काम हँुदैन् । यस्तै महकाली नगरपालिका¬–४ बङ्गाबगडमा नमस्ते फोन टावरमा विद्युतीकरण छ । महाकाली नगरपालिका वडा नम्बर १ छापरी, वडा नम्बर २ झुस्कु, वडा नम्बर ७ धाप र वडा नम्बर ९ दत्तु उलानी टावरमा विद्युतीकरण गरिएको छ । यस्तै शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, शैल्यशिखर¬–१ बलाँच, र मालिकार्जुन गाउँपालिकाको कुचाकोट टावरमा विद्युतीकरण पु¥याइएको छ ।

योबाहेक शैल्यशिखर–४ रानीशिखर, वडा नम्बर ६ बगोरा, नौगाड गाउँपालिका–३ खार, वडा नम्बर ४ सिप्टी, अपी हिमाल गाउँपालिका–४ खण्डेश्वरी, व्यास–६ कैचुला, वडा नम्बर १ छङ्गरु, मालिकार्जुनको कनौडा, वडा नम्बर ४ ऐरीछाना र मुख्य रिपिटर टावर बालशिखरका टावरहरु सोलारमार्फत सञ्चालन हुँदै आएका छन् ।

यस्तै मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर मार्मा गाउँपालिका–४ तपोवन र व्यास–२ दाम्दाकोट राप्ला, नौगाड–४ सिप्टीलगायतका टावरमा नमस्ते फोन सेवा सञ्चालनमा ल्याइएको छ ।

यस्तै टावरमा बेलाबेलामा समस्या आउन थालेपछि दार्चुलामा भारतीय मोबाइल सीम प्रयोगकर्ता बढेका छन् । हिउँदमा भन्दा पनि बर्षायाममा बढी नेपालको फोन सेवा अवरुद्ध हुने गरेको छ ।

“दुई वर्ष अघिसम्म नेपालतिरको टेलिफोन सेवा प्रभावकारी थियो”, स्थानीय लोकेन्द्रसिंह धामीले भन्नुभयो, “नेपाली सीम भारतको पिथौरागढदेखि कालापानीसम्म बस्ने भारतीय सुरक्षाकर्मीले प्रयोग गर्थे । तर दुई वर्षको अन्तरमा ठिक उल्टो भएको छ ।” अहिले भारतीय बजारबाट छ्याछ्याप्ती रुपमा एटीएल, बीएसएनएलका सीमहरु दार्चुलाको लेकम गाउँपालिका–३ लालीदेखि व्यास गाउँपालिकाका स्थानीयले प्रयोग गर्न बाध्य छन् । भारतीय सीम नेपालको सीमभन्दा सस्तोमा डाटा चलाउन मिल्छ भने फोन र म्यासेज निःशुल्क हुनथालेपछि प्रयोग बढेको बीरसिंह महरा बताउनुहुन्छ ।