२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाइको सट्टा गधाको निवन्ध लेखेजस्तो भयो कार्की आयोगको प्रतिवेदन : भीमार्जुन आचार्य



अ+ अ-

काठमाडौँ । संविधानविद् भीमार्जुन आचार्यले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन गाइको सट्टा गधाको निवन्ध लेखेजस्तो पुरानो कथा बनेको बताएका छन् ।

उनले सो प्रतिवेदनमाथि कटाक्ष गरेर भनेका छन्,‘गाईको बारेमा निबन्ध लेख्न भनेकोमा कुनै लद्धु विद्यार्थीले चार वटा खुट्टा त मिल्छ नि भनेर गधाको निबन्ध लेखेर कपी बुझाए जस्तो भयो जॉंचबुझ आयोगको प्रतिवेदन ।’

बिहीबार साँझ आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आचार्यले उक्त कार्की आयोगको प्रतिवेदनमाथि यस्तो कटाक्ष गरेका हुन् ।

गत भदौ २३ र २४ को संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यस दिन खास केही भएकै थिएन झैँ प्रतिवेदन बनाउन आयोग सफल भएको उनले बताएका छन् ।

उनले लेखेका छन्, ‘उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यही थियो, सायद पुरा भयो । देश अझै देश जस्तो हुन सकेन । जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनता भन्दा पनि अरूका सेवक जस्ता भए ।’