२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशील कार्कीको बधाई, “जोस र होसको सन्तुलन मिलोस्”



अ+ अ-

काठमाडौं  । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई निवर्तमान प्रधानमन्त्री सुशील कार्कीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।

कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ३५ वर्षीय युवा नेतृत्वले देशको शासन सम्हाल्नु सकारात्मक संकेत भएको उल्लेख गरेकी छन्।

उनले युवालाई उत्तराधिकारीका रूपमा पाउँदा आफू थप हर्षित भएको पनि बताएकी छन्।

उनले प्रधानमन्त्री शाहलाई जोस र होसको सन्तुलन मिलाएर जनताको जनादेशको प्रभावकारी सम्बोधन गर्न सफलता मिलोस् भन्ने कामना व्यक्त गरेकी छन्।

साथै देशको समग्र हितमा काम गर्दै नयाँ नेतृत्वले अपेक्षा अनुरूप परिणाम दिन सकोस् भन्ने शुभेच्छा व्यक्त गरेकी छन्।