काठमाडौं। गृहमन्त्री सुधन गुरुङले ओली र लेखकको पक्राउ प्रतिशोध नभै केवल न्यायको सुरुवात भएको जनाउनु भएको छ ।
ओली र लेखकलाई पक्राउ गरेपछि सामाजिक संञ्जालमा मन्त्री गुरुङले अब देशले नयाँ दिशा लिने समेत जनाउनु भएको छ ।
उहाँले लेख्नु भएको छ-
कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ।
यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।













