काठमाडौं । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ ।
अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको हो ।
एमाले सचिव महेश बस्नेतका अनुसार पार्टीको धारणा सँगै अध्यक्षको गिरफ्तारीका विरुद्धमा एमालेले प्रदर्शन पनि गर्नेछ ।














