काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बस्ने भएकाे छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज दिउँसो १ बजेका लागि अनुशासन समिति बैठक बोलाइएको जानकारी दिए ।
कांग्रेसको संस्थापनइतर पक्षले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई लिएर विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले आपत्ति जनाएको छ ।
संस्थापनइतर पक्षले काठमाडौंको धुम्बाराहीस्थित एक होटेलमा हिजो (चैत १७)देखि केन्द्रीय कार्यसमिति भेला जारी राखेको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सभापतिका रूपमा इतर पक्षले अस्वीकार गरेको छ ।












