२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

शासन सुधारका लागि पीपीए र अनुमतिपत्र अध्ययन गर्न दुई समिति गठन



अ+ अ-

काठमाडौँ । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विद्युत् खरिद सम्झौता (पीपीए ) र अनुमतिपत्रसम्बन्धी प्रक्रियाको विस्तृत अध्ययन गर्न दुई वटा समिति गठन गरेको छ।

मन्त्रालयले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र मन्त्रालयको कार्यसम्पादनलाई नतिजामुखी, पारदर्शी तथा जवाफदेही बनाउने उद्देश्यसहित समिति गठन गरिएको जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत सम्पन्न भएका विद्युत् खरिद सम्झौता (पीपीए ) हरूको नीतिगत, प्राविधिक र आर्थिक पक्षको विस्तृत अध्ययन गर्न सहसचिव डा. राजन भट्टराईको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ।

उक्त समितिले हालसम्म भएका पीपीएको अवस्थाको विश्लेषण गर्नुका साथै प्रक्रियामा देखिएका नीतिगत, प्राविधिक तथा कानुनी अड्चनहरूको पहिचान गर्नेछ। साथै सम्भावित जोखिमहरूको मूल्याङ्कन गर्दै आवश्यक सुधारका लागि सिफारिस गर्ने र भविष्यमा पीपीए प्रक्रियालाई अझ पारदर्शी, प्रतिस्पर्धात्मक तथा राष्ट्रिय हितअनुकूल बनाउन नीतिगत तथा कानुनी सुधारका सुझावसमेत पेश गर्नेछ।

त्यसैगरी, विद्युत् विकास विभागबाट जारी भएका विभिन्न अनुमतिपत्रहरूको वर्तमान अवस्था र प्रगतिबारे वस्तुनिष्ठ समीक्षा गर्न सहसचिव मोहन शाक्यको संयोजकत्वमा ५ सदस्यीय अर्को समिति गठन गरिएको छ।

उक्त समितिले हालसम्म जारी अनुमतिपत्रहरूको विश्लेषण गर्नुका साथै अनुमति जारी प्रक्रियामा देखिएका नीतिगत, प्राविधिक, आर्थिक तथा कानुनी कमजोरीहरूको पहिचान गर्नेछ। साथै भविष्यमा अनुमतिपत्र जारी गर्ने प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र राष्ट्रिय हितअनुकूल बनाउन आवश्यक सुधारका सुझावहरू समेत दिने मन्त्रालयले जनाएको छ।