२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबलटेनिसमा नेपाललाई कास्य पदक



अ+ अ-

काठमाडौं । १३औँ दक्षिण एशियाली खेलकूद (साग)को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जित्नुभएको छ ।

लैनचौरस्थित टेबलटेनिस हलमा आज भएको सेमिफाइनल खेलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्य पदकमा चित्त बुझाउनुभएको हो । तर नेपालका लागि विधामा नेपाले ऐतिहासिक पदक जितेको हो । सागमा पुरुष एकल विधामा दुई खेलाडीले पदक जितेको यो पहिलो पटक हो ।

सेमिफाइनलमा स्यान्टु भारतका अमलराज एन्थोनिसँग ४–० ले पराजित भए । स्यान्टुलाई भारतका अमलराजले ११–४, १२–१०, ११–८ र ११–२ ले पराजित गर्नुभयो । अर्को सेमिफाइनल खेलमा बज्राचार्य भारतका हर्मित देशाईसँग समान ४–० ले नै पराजित हुनुभयो । उहाँ हर्मितसँग ११–५, ११–४, ११–१ र ११–४ ले पराजित हुनुभयो ।