२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग: पुरुष क्रिकेट पहिलो खेलमा नेपाल द्वारा भुटान पराजित



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले पहिलो जित हात पार्ने क्रममा भुटानलाई १४१ रुनको विशाल अन्तरले पराजित गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। नेपालको २३७ रन लक्ष्य पछ्याउने क्रममा भुटानको लागि रनजंग दोर्जीले सर्वा्धिक २७ रन, सोनाम तोबगेले १५ रन तथा तोबदेन सिंगेले ११ रन बनाए।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिङ्गमा पारस खड्काले २ विकेट तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले १/१ विकेट लिए। यस अघि टस जितेर भुटानले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाएर २३६ रनको योगफल तयार गरेको थियो। नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक १०७ रन बनाए। मल्लले ५५ बलमा ९ छक्का र ५ चौका प्रहार गरे।

ओपनिंग ब्याटिंग गरेका पारस खड्काले ५७ रन बनाए जुन क्रममा २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले अविजित ४५ रन बनाए। ऐरीले २७ बमा २ छक्का र ४ चौका प्रहार गरे। रोहित पौडेल ६ रन बनाएर आउट भए भने आरिफ शेखले अविजित ४ रन बनाए। भुटानको बलिंगमा कर्मा दोर्जीले सर्वा्धिक २ विकेट लिए।