२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइक्लिङमा नेपाललाई स्वर्ण दिलाउने बुद्धिबहादुर तामाङ



अ+ अ-

सागअन्तर्गत साइक्लिङको दोश्रो दिन पनि नेपालले दुई स्वर्ण जितेको छ । पहिलो दिन बुधबार डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको थियो । डाउनहिलको पुरुषमा राजेश मगर र महिलामा निश्मा श्रेष्ठले पहिलो दिन नेपाललाई स्वर्ण दिलाएका थिए । गोकर्णस्थित सहिद पार्कमा भएको पुरुष क्रसकन्ट्रीको २० किलोमिटर दूरीमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जिते ।

उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट ०८ सेकेन्डमा पूरा गरे । पदक क्लिन स्विप गर्ने क्रममा नेपालले रजत र कांस्य पनि हात पार्यो। १ घण्टा १९ मिनेट ४० सेकेन्डमा राजीव राई दोश्रो तथा १ घण्टा २१ मिनेटमा ओकश वज्राचार्य तेश्रो भए ।

महिलातर्फ १६ किलोमिटरमा दूरी नेपालकी लक्ष्मी मगर पहिलो भइन् । लक्ष्मीले १ घण्टा २० मिनेट २० सेकेन्ड समय खर्चिन् । नेपालकै उषा खनाल (१ घण्टा ३५ मिनेट ५२ सेकेन्ड) दोश्रो तथा भारतकी प्रणिता प्रफुल (१ घण्टा ३६ मिनेट २९ सेकेन्ड) मा तेश्रो भए ।