२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावित्रा भण्डारीको ह्याट्रिकले नेपाली महिला फुटबललाई पुर्यायो फाइनलमा



अ+ अ-

पोखरा । नेपाली फुटबल टोली १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार तेस्रोपटक साग महिला फुटबलको उपाधिनजिक पुगेको हो । नेपालका लागि सावित्राले ह्याट्रिक गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । उनले १८औँ मिनेटमा पहिलो र २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् ।

पहिलो गोलले उनलाई नेपालको सर्वाधिक गोलकर्ता बनाएको छ । भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रोपटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ । यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । यसपटक पनि दुवै टोलीले राउन्ड रोविन लिगको एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

यसअघिका दुवै संस्करणमा भारतले स्वर्ण र नेपालले रजतपदक जितेका छन् । सागमा मात्र होइन महिला साफ च्याम्पियनसिपमा पनि यी दुई टोलीबीच नै सबैभन्दा बढी फाइनल हुँदै आएको छ । पाँच मध्ये ४ पटक भारत र नेपालबीच नै फाइनल भएको छ । जसमा भारत सधै विजेता र नेपाल उपविजेता बन्दै आएका छन् ।

सावित्रा सर्वाधिक गोलकर्ता:यसैबीच, महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘सम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् । सागमा माल्दिभ्सविरुद्ध गोल गर्दै साम्बारले सर्वाधिक गोलकर्ता बनेकी हुन् । उनले माल्दिभ्सविरुद्ध १८औँ मिनेटमा गोल गर्दै अनु लामा (३५ गोलं) लाई पछि पारेकी हुन् । सावित्राको त्यो ३६औँ अन्तर्रा्िष्ट्रय गोल थियो । सोही खेलमा उनले ३७ औं र ३८ औं अन्तर्राष्ट्रिय गोल पनि पूरा गरिसकेकी छन् ।

उनले २२औं मिनेटमा दोस्रो र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । नेपाली पुरुष खेलाडीलाई साम्बाले निकै पछाडि छाडेकी छन् । पुरुषतर्फबाट महिला राष्ट्रिय टोलीका वर्तमान मुख्य प्रशिक्षक हरि खड्का र निराजन रायमाझी सर्वाधिक गोल गर्ने खेलाडी हन् । उनीहरूको समान १३गोल छ । निराजनले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानविरुद्ध गोल गर्दै हरिसँग बराबरी गरेका थिए । सौर्य दैनिकबाट