२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा नेपालको पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय खेल



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा आज बिहिबार दुई खेल हुँदैछ । पहिलो खेलमा नेपालले भुटान र दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू–२३ टिमसँग खेल्नेछ । खेल किर्तिपुरथित टियु मैदानमा हुने भएको छ । नेपाल र भुटानको खेलको खेल बिहान ९ बजे सुरु भएको छ । भुटानविरुद्धको खेल नेपालको लागि पहिलो घरेलु टी–ट्वान्टी अन्तराष्ट्रिय खेल हुनेछ ।

भुटानविरुद्ध मैदान उत्रँदा नेपाल सहज जितको खोजीमा हुनेछ । कमजोर प्रतिद्वन्दी भुटानविरुद्ध अंक जोड्दै नेपाल फाइनल पुग्ने आशा जिवित राख्न चाहन्छ । यस्तै माल्दिभ्स र श्रीलंका यू–२३ बीच दिउँसो १ बजे पछि प्रतिस्पर्धा हुनेछ । दुई खेलमा दुई जित हात पारेको श्रीलंका फाइनल प्रवेश पक्का गर्न माल्दिभ्समाथि जित निकाल्न चाहान्छ ।

अंक तालिकामा श्रीलंका ४ अंक सहित शीर्ष स्थानमा रहेको छ भने माल्दिभ्स पुछारबाट दोस्रो स्थानमा छ । एक खेलमा एक हार ब्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलमा समान नतिजा निकालेको भुटान तालिकाको पुछारमा छ ।