२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नलीमाथि सिटीको सानदार र सहज जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले बर्नलीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । बर्नलीको मैदानमा ग्राबियल जिससले २४ औं मिनेटमा गरेको गोबाट अग्रता बनाएको थियो । पुनः ५० औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए ।

खेलको ६८ औं मिनेटमा फेरी रोड्रीले गोल गर्दै सिटीको अग्रता ३–० को बनाउन सफल रहे । तर गोलको वर्ष यतीमै सिमित रहेन ८७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटी ४–० ले अघि बढाए । त्यसपछि खेलको ८९ औं मिनेटमा बर्नलीका रोब्बी ब्राडीले एक गोल गर्दै खेललाई निल हुनबाट बचाए ।

जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १५ खेलमा ३२ अंक जोडेको छ भने बर्नली ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।