२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अंक बाँड्नुपर्दा चेल्सीलाई घाटा



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले भ्यालेन्सियासंग बराबरी खेलेको छ । बुधबार राति भएको समूह एचको खेलमा भ्यालेन्सियासंग २–२ गोलको बराबरी खेल्दै चेल्सीले अंक बाँडेको हो । खेलको ४० औ मिनेटमा कार्लोस सोलरको गोलबाट भ्यालेन्सियाले अग्रता लिएको थियो । त्यसअघि घरेलु टोलीका माक्सी गोमेजले दुई गोलका अवसर खेर फालेका थिए ।

लगत्तै चेल्सीका माटेव कोभासिसले गोल गर्दै चेल्सीलाई पुनः खेलमा फर्काएका थिए ।
क्रिस्टियन पुलिसिसले ५० औ मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाएका थिए ।चेल्सीका टिमबाट फरवार्ड टमी अब्राहमले चोटका कारण पहिलो हाफपछि मैदान छाड्न बाध्य भएका थिए । दोस्रो हाफमा किपा अरियाजबलागाले ड्यानियल परेजोको पेनाल्टी रोक्दै चेल्सीको अग्रतालाई जोगाउने काम गरेका थिए ।

तर चेल्सिको दुर्भाग्य खेल सकिन ८ मिनेट बाँकी छदाँ ड्यानियल वासले गोल गर्दै चेल्सीसंग अंक खोस्न सफल रहे । बराबरीको नतिजाले चेल्सीको नकआउट चरणको यात्रा भने अब कठिन मोडमा पुगेको छ । चेल्सीले ८ अंक ल्याई तेस्रो स्थानमा छ । भ्यालेन्सिया समान अंक भएपनि दोस्रो स्थानमा रहेको छ ।