२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको प्रभावमा बार्सिलोना नकआउट चरणमा प्रवेश



अ+ अ-

बार्सिलोनाले च्याम्पियन्स लिगमा सहज जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाद्वारा बोरुसिया डर्टमण्ड ३–१ ले हारेको हो । लियोनल मेस्सीले बार्सिलोनाका जर्सीमा ७ सयौ खेल खेल्दा बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल रह्यो ।बार्सिलोनालाई जित दिलाउन लुईस स्वारेज, मेस्सी र एन्टोनी ग्रिजम्यानले समान एक एक गोल गरेका थिए । यता डर्टमण्डका लागि भने जाडोन साञ्चोले एक गोल फर्काएका हुन् ।

बार्सिलोनाले २९ औ मिनेटमा स्वारेजको गोलबाट खेलमा अग्रता लिएको थियो । मेस्सीको पासलाई सदुपयोग गर्दै स्वारेजले बार्सालाई अग्रता दिलाएका हुन् । चार मिनेटपछि नै फेरी मेस्सीले घरेलु टोली बार्साको लागि गोल थप्दै अग्रता दोब्बर पारेका थिए । क्लबका लागि ६ सय १३ गोल गर्न मेस्सी सफल रहेका छन् ।

फेरीपनि मेस्सीकै पासलाई सदुपयोग गर्दै ६७ औ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाका लागि तेस्रो गोल गरे । युवा स्टार सान्चोले ७७ औ मिनेटमा पाहुना टोलीका लागि एक गोल फर्काएका हुन् ।समूह एफको शीर्ष स्थानको बार्सिलोनाले ५ खेलबाट ११ अंक जोड्यो । डर्टमण्ड ७ अंक सहित तेस्रो स्थानमा रह्यो ।