११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरलाई बानेश्वरमा ठक्कर दिने बस र चालक रामेछापबाट पक्राउ



अ+ अ-

काठमाडौं । डाक्टर प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि ठक्कर दिएर भागेको बस प्रहरीले रामेछापमा पक्राउ गरेको छ। बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टरलाई ठक्कर दिने बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो।

दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ। तर, बस चालकले सो कुरा स्वीकार गरेका छैनन्।

‘पैदलयात्री (मृतक) सँगसँगै सो गाडी क्रस भएको देखिन्छ, मृतक सडक पारि गएको देखिँदैन,’ परिसर प्रवक्ता होविन्द्र बोगटीले भने, ‘त्यसकारण दुर्घटनामा संलग्न सवारी त्यही हो भन्ने किटान गरिएको छ।’

प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेकाले चालकको नाम सार्वजनिक गरेको छैन। उक्त गाडी पुरानो बसपार्कबाट रामेछापका लागि बिहान हिँडेको थियो। गाडी काठमाडौं-रामेछाप रुटको हो।

आईतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले डाक्टर जोशीलाई ठक्कर दिएको थियो। जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृ’त्यु भएको थियो। प्रहरीका अनुसार घटना हुँदा बिहान करिब ६ बजेको थियो।

त्यसदिन सो गाडी नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछाप पुगेको थियो। तर, सिसिटिभी फुटेजमा सवारी पहिचान स्पष्ट नभएपछि प्रहरीले तत्काल पक्रन सकेको थिएन।