२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मैदानमा सन्दीप र पारसको टिम भिड्दै



अ+ अ-

काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टिमबीच प्रतिस्पर्धा हुँदैछ । सन्दीपको टिम कर्नाटका टुसकेर्स र पारसको आबु धाबीबीच हुने खेल आबु धाबीस्थित शेख जायद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।

सुपर लिगमा दुवै टिमको प्रदर्शन खराब रहेकोले प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टिम जित निकाल्ने योजनासहित हुनेछन् । सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ भने पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सन्दीपले हरेक खेलमा उत्कृष्ट खेल्दै आएका कारण आबु धाबीविरुद्ध कर्नाटकाले उनलाई प्लेईङ सेटमा राख्ने प्रवल सम्भावना रहेको छ । यता, पारस भने सुरुवाती दुई खेलपछि टिम बाहिर रहदै आएका छन् । तर, कर्नाटकाविरुद्ध पारसले मौका पाउने सम्भावना रहेको छ ।