२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडविरुद्व मैदानमा उत्रन तयार छु: नेयमार



अ+ अ-

ब्राजिली स्टार नेयमारले आफु पुर्ण रुपमा फिट रहेको बताएका छन् । अर्को हप्ता च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्व आफु मैदान उत्रन तयार रहेको उनले बताएका हुन् । पीएसजीका फरवार्ड नेयमार पछिल्लो समय चोटका कारण मैदान बाहिर छन् । अन्तराष्ट्रिय विश्रामको दौरान ब्राजिलबाट मैत्रीपूर्ण खेलहरु पनि उनले गुमाएका थिए ।

नेयमारको टिम पीएसजी अर्को हप्ता मंगलबार रियल मड्रिडको भ्रमण गर्दैछ । उनले आफ्नो बारेमा स्पष्ट पार्दै स्याटियागो वर्नवेउमा आफुले खेल्न पाउने विश्वास ब्यक्त गरेका छन् । मड्रिडमा भेटिएका नेयमारले भनेका छन्, ‘मैले पुर्ण रुपमा निको भएको महशुश गरेको छु ।

र च्याम्पियन्स लिगमा रियल मड्रिड खेल्नेछु ।’ रियलविरुद्व उत्रनु अघि नेयमार शुक्रबार लिग वानमा लिलीविरुद्व देखिन सक्नेछन् ।